न्युयोर्क एलेक्जेन्ड्रियामा छ यस्ताे अनौठो टापु जहाँ एउटा घर र एउटा रुख मात्रै छन् – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • न्युयोर्क एलेक्जेन्ड्रियामा छ यस्ताे अनौठो टापु जहाँ एउटा घर र एउटा रुख मात्रै छन्

न्युयोर्क एलेक्जेन्ड्रियामा छ यस्ताे अनौठो टापु जहाँ एउटा घर र एउटा रुख मात्रै छन्

न्युयोर्क एलेक्जेन्ड्रियामा छ यस्ताे अनौठो टापु जहाँ एउटा घर र एउटा रुख मात्रै छन्

एजेन्सी, ६ कार्तिक । दुनियाँकै सानो अनौठो टापुको बारेमा तपाईलाई धेरै कुरा थाहा नहुन सक्छ । यो टापु अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै छ । जसको नाम जस्ट रुम इनफ हो ।

टेनिस कोर्ट बराबरको आकारमा फैलिएको यो टापुको चर्चा विश्वभर सदावहार रुपमा चर्चा भइरहन्छ । यो अनौठो टापुमा केवल एउटा घर र एउटा रुख मात्रै सिमित छन् ।

यो टापु घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको हुँदा यहाँ एकसाथ ठूलो संख्यामा मानिसहरुले एकसकाथ अवलोकन गर्न सम्भव हुँदैन ।

अन्तराष्ट्रिय समाचार स्रोतहरुका अनुसार ३ हजार ३ सय वर्गफिटमा फैलिएको छ यो टापु सानो आकारको टापुको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

जस्ट रुम इनफको पत्ता लागेसँगै यसअघिको सानो टापु बिशप रक विश्वको दोस्रो सानो टापुका रुप्मा गिनीज बुकमा सुचिकृत भएको छ । सन् १९५० मा एक परिवारले टापु किनेर त्यसमा घर बनाए र रुख रोपेपनि पछि यो टापुको नाम हब आइल्याण्डबाट बदलेर जस्ट रुम इनफ राखिएको अन्तराष्ट्रिय समाचार स्रोतहरुले उल्लेख गरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका