हुम्लामा पहिलो पटक जीओटेक्स्टाइलको प्रयोग – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • हुम्लामा पहिलो पटक जीओटेक्स्टाइलको प्रयोग

हुम्लामा पहिलो पटक जीओटेक्स्टाइलको प्रयोग

हुम्लामा पहिलो पटक जीओटेक्स्टाइलको प्रयोग

हुम्ला, ६ कार्तिक । जिल्लामा पहिलो पटक ग्रामीण पहुँच कार्यक्रम हुम्लाले दार्मा खण्डको सडक निर्माणका लागि वातावरण मैत्री कपडा जीओटेक्स्टाइलको प्रयोग गरेको छ ।

यो कपडा विशेषतः खुक्खा गाह्रो लगाइने ठाउँ र ग्यावीन प्रयोग गरिएको स्थानहरुमा प्रयोग भएको जानकारी ग्रामीण पहुँच कार्यक्रम हुम्ला स्रोतले जानकारी दिएको छ ।

यो कपडाले बर्षा तथा हिउँदको समयमा पानी र हिउँबाट बग्ने लेदा माटो, झारपात तथा अन्य वस्तुहरुलाई रोकेर शुद्ध पानी मात्र बाहिर पठाउने भएकाले एक वर्षदेखि दुई दशकसम्म निरन्तर पानी छान्ने भएकाले पनि वातावरण मैत्री कपडाको रुपमा हुम्ला जिल्लामा पहिलो पटक प्रयोग भएको छ ।

यसले एकातिर बाढी, पहिरो, भूक्षय तथा अतिवृष्टिलाई रोक्ने काम गर्छ भने अर्कातिर निर्माणस्थलको वरिपरिको संरक्षण समेत गर्ने भएकाले निर्माणस्थल क्षेत्रको भूपरिधिलाई बलियो बनाउने गर्छ ।

हुम्ला जिल्लाको दार्मा खण्ड र श्रीनगर खण्डको सडक निर्माण आयोजनामा यो कपडा प्रयोग भएको छ । यसबाट केही मात्रामा भए पनि निर्माणस्थललाई वातावरण संरक्षण मैत्री र दिगो व्यवस्थापनमा सहयोग पुग्ने देखिएको सम्बन्धीय आयोजना स्रोतबाट जानकारी प्राप्त भएको छ । हाल यी दुई आयोजनामा करीब २० हजार मिटरभन्दा धेरै यो जीओटेक्स्टाइल कपडा प्रयोग भएको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका