गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित, संक्रमित १ जनाकाे मृत्यु – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित, संक्रमित १ जनाकाे मृत्यु

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित, संक्रमित १ जनाकाे मृत्यु

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित, संक्रमित १ जनाकाे मृत्यु

पाेखरा, ६ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१९५ पुगेको छ । गण्डकी प्रदेशमा थप भएका नयाँ २२ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२११  पुगेको छ । गण्डकी प्रदेशमा लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा  १५ जना, चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा  २२ जना  काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने १५ जना संक्रमित सबैजना लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखराको ल्याबमा कोरोनाको परिक्षणका लागि आएका थिए ।

गण्डकी प्रदेशमा थपिने २२ जना सबै काेराेना संक्रमित सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको  कार्तिक  ५ गते, साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा दुखद निधन भएको छ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका