तनहुँका स्थानीय तह अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारीमा – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • तनहुँका स्थानीय तह अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारीमा

तनहुँका स्थानीय तह अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारीमा

तनहुँका स्थानीय तह अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारीमा

दमौली, ६ कार्तिक ।  तनहुँका स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरेका छन् । सङ्घीय सरकारले अस्पताल सञ्चालनका लागि आठ वटा स्थानीय तहलाई रु १०÷१० लाख विनियोजन गरेपछि स्थानीय तह अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।

व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रलाई नै अस्थायी अस्पतालको रुपमा सञ्चालनका लागि तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि पूर्वाधारको अध्ययन गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा अध्ययन समिति समेत गठन गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाले दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीमा कोभिड अस्पताल सञ्चालनको तयारी थालेको छ । आँबुखैरेनी गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनको प्रकृया शुरु गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृत, स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गर्ने प्रकृया शुरु भएको जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले आवश्यक स्वास्थ्यकर्मी नियुक्त गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका