कक्षा १२ को परीक्षा मंसिर ९ देखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • कक्षा १२ को परीक्षा मंसिर ९ देखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

कक्षा १२ को परीक्षा मंसिर ९ देखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

हेर्नुहोस आज कार्तिक ६ गतेका मुख्य समाचारहरु

कक्षा १२ को परीक्षा मंसिर ९ देखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था

काठमान्डाैँ, ६ कार्तिक । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयाे ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।   हेर्नुहोस आज कार्तिक ६ गतेका मुख्य समाचारहरु

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका