चितवनमा उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • चितवनमा उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु

चितवनमा उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु

चितवनमा उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु

चितवन, ६ कार्तिक । कोरोनाका कारण चितवनमा एक जना गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्दै आउनुभएकी ३३ वर्षीया महिला रहनुभएकाे छ।

उहाँको चितवनकाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । मृत्यु हुनुभएकी महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । उहाँ ३७ हप्ताको गर्भवती भएको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका