काठमान्डाैँ, ६ कार्तिक । वरिस्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ”जुनमा हेरूँ तिमीलाई”को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गर्नुभएकाे हाे।
चलचित्र देउतामा समावेश ”अब यो बाटो मेरो हो” बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गर्नुभएकाे छ। नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड रहेकाे छ।
समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गर्नुभएकाे हाे। विकाश दहालले भिडियो सम्पादन गर्नुभएकाे हाे। श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल गोलो प्रोडक्शन मार्फत भिडियो सार्वजनिक भएको हो।
पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।
आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उहाँले बताउनुभएकाे छ। दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गर्नुभएकाे छ।