लायन्स क्लव पोखरा भैरब को रक्तदान कार्यक्रम सम्पन्न – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • लायन्स क्लव पोखरा भैरब को रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव पोखरा भैरब को रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव पोखरा भैरब को रक्तदान कार्यक्रम सम्पन्न

पाेखरा, ६ कार्तिक । ”रक्तदान जीवन दान जीवन दान महादान” भन्ने नाराका साथ लायन्स क्लब अफ पोखरा भैरब को आयोजनामा फेवा सहकारी सृजना चोक पोखरा-८ मा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

 

अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी१ डिष्ट्रिक रक्त संचार बिभागको बिशेष सहयोग र क्षत्रीय रक्त संचार सेवा केन्द्र रामघाटको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजनाचोक पोखरा ८ का अध्यक्ष ८४ बर्षिया बयोबृद्धा समाजसेवी क्या चन्द्र प्रसाद गुरुङ्गको प्रमुख अतिथि मा सम्पन्न रक्तदान कार्यक्रममा पहिलो रक्त दाता क्लबका अध्यक्ष ला जगन्नाथ तिमिल्सिना लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम को उद्घाटन गर्नुभएकाे थियाे ।

कोरोना भाईरस का साथै बाताबरण प्रदुषणले बिश्वनै महामारीको चपेटामा परेको र धेरै मानव अस्वस्थ्य भै उपचारमा रगतको कमिभै जिबन र मरणको दोसाधमा रहेकाहरू लाई जीबन दान गर्ने उदेश्य राखी गरिएको रक्तदान कार्यक्रमको सफलताको शुभकामना दिनुभएकाे थियाे रक्तदान कार्यक्रमले अझ मानबिय सेवामा क्लब र क्लबका सदस्यहरू लागिपर्नु पर्ने बताउनु भएकाे थियाे।

रक्तदान कार्यक्रममा प्राय पहिलो पटक देखी अठारौ पटक सम्म रक्तदान गरेका रक्तदाताहरूको सहभागितामा २९ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा अन्तर्राष्ट्रिय डिष्ट्रिक रक्त संचार बिभाग चिफ ला बालकृष्ण शर्मा, डिष्ट्रिक डिपार्टमेन्ट चिफ ला सुरेन्द्रमान बिजुक्छे, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की का कोषाध्यक्ष सुरेन्द्र गुरुङ्ग, डिष्ट्रिक कलष्टर चिफ ला डम्बर कुमारी गुरुङ्ग, रिजन चिर प्रसन ला मदन केसी, पिआर ओ ला बुद्ध बहादुर उदास ताम्राकार, जोन चिर प्रसन ला श्रीकृष्ण कतिला लगाएतका बक्ताहरूले रक्तदान सम्बन्धी आ आफ्नो बिचार राख्नु भएको थियो।

क्षेत्रीय रक्त संचार सेवा पोखरा का प्राबिधिक महेन्द्र केसी लगायतका प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक ला आनन्द किशोर बाटाजु, ला गौतम बिजुक्छे, ला संजय कुमार श्रेष्ठ, ला सुकदेव गौतम र ला श्याम कुमार मल्ल, ला निर्मल बिजुक्छे, ला शेर बहादुर गुरुङ्ग, ला योगराज पौडेल, ला डा मुकुन्द तिमिल्सिना र ला सविता शर्माको उपस्थिति रहेको उक्त रक्तदान कार्यक्रममा ला हरिभक्त पौडेलले स्वागत गर्नु भएको उक्त रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा भैरबका अध्यक्ष ला जगन्नाथ तिमिल्सिना को सभापतित्वमा सम्पन्न कार्यक्रमको क्लबका सचिव ला कृष्ण प्रसाद सुवेदीले संचालन गर्नु भएको थियो।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका