दशैंको रमाईलो गीतमा सरिता र राहुलको ''छमछमी'' – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • दशैंको रमाईलो गीतमा सरिता र राहुलको ”छमछमी”

दशैंको रमाईलो गीतमा सरिता र राहुलको ”छमछमी”

दशैंको रमाईलो गीतमा सरिता र राहुलको ”छमछमी”

काठमाडौं, ५ कात्तिक । यो दशैंलाई लक्षित गरेर गायक सुवर्ण कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो…’ दर्शकमाझ ल्याउनुभएकाे छ ।

डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिका रहेकाे छ ।

पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त देखिनुभएकाे छ । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताउनुभयाे ।

राहुल र सरिताले सँगै अभिनय गरेको यो तेश्रो भिडियो हो । उहाँहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ । यो गीतको भिडियोलाई यतीबेला भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोईराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायतलाई  देख्न सकिन्छ ।

लिँगे पिङ हालेर गाउँलेको जमघटमा यो गीतको भिडियो तयार गरिएको छ । तीन साता अघि छायाँकन गरिएको यो भिडियो यतीबेला रिलिज गरिएको हो ।

दशैंको अबसरमा भेट भएका अपरिचित युवा युवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसँग र दशैं तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै रहेकाे छ ।

कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भए पनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले यो दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवर्ण कुमारले बताउनुभयाे ।

मोहनिस श्रेष्ठको छायाँकन, सुवर्ण कुमारको सम्पादन, मिना लामाको श्रृँगार, दिलमायाँ मगरको ड्रेस डिजाईन, रेश्मा श्रेष्ठको एसोसिएट कोरियोग्राफीमा सो भिडियो तयार भएको हो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका