fbpx

प्याजको अभावसँगै व्यापारीले आफूखुशी मूल्य तोक्दा उपभोक्ता मारमा

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ ।

भारतको प्रतिबन्धको फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताउनुभयो ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।

यसैबीच, बजारमा प्याज अभाव भएपछि चीनबाट ल्याउने तयारी भएको छ । केही व्यवसायीले चीनबाट प्याज ल्याउन अर्डर गरिसकेको बताएका छन् ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने