पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी आज राष्ट्रपतिद्धारा उदघाटन गरीने – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी आज राष्ट्रपतिद्धारा उदघाटन गरीने

पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी आज राष्ट्रपतिद्धारा उदघाटन गरीने

पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी आज राष्ट्रपतिद्धारा उदघाटन गरीने

काठमाडौं, ५ कार्तिक । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्यमा रहेको ऐतिहासिक रानीपोखरीको उद्घाटन बुधबार  आज उद्घाटन हुने भएको छ  ।

पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको  मन्दिरलाई आज मध्यान्ह १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उदघाटन गरीने भएकाे छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्न लाग्नुभएको हो । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर ३ सय ५२ वर्ष पुरानो हो । छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरीको निर्माण गराउनुभएकाे थियाे ।

पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाउनुभएकाे थियाे ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका