आज बडादशैंको पाँचौं दिन घरघरमा स्कन्दमाताको पूजा, यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज बडादशैंको पाँचौं दिन घरघरमा स्कन्दमाताको पूजा, यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र

आज बडादशैंको पाँचौं दिन घरघरमा स्कन्दमाताको पूजा, यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र

आज बडादशैंको पाँचौं दिन घरघरमा स्कन्दमाताको पूजा, यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र

काठमान्डाैँ, ५ कार्तिक । आज बडादशैंको पाँचौं दिन बुधबार देवीको पाँचौं रुप स्कन्दमाताको घरघरमा पूजा–आराधना गरी  मनाउँदै । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले स्कन्दमाताको चारैतिर तेज देखिन्छ । स्कन्दमाताको उपासनाबाट भगवान् स्कन्दको बाल रुपको पनि पूजा हुने गर्दछ ।

स्कन्दमाताको पूजा गर्दा साधकको मन विशुद्ध चक्रमा अवस्थित हुनुपर्दछ । यसबाट ध्यान वृत्ति एकाग्र हुन मद्धत पुग्दछ । यो शक्तिले परम शान्ति र सुखको अनुभूति दिलाउँछ ।

स्कन्दमाताको कृपाबाट बुद्धिमा वृद्धि हुने गर्दछ भने ज्ञानरुपी आशिर्वाद मिल्दछ । सबै किसिमको रोगव्याधीको समेत अन्त्य हुने गर्दछ ।

दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाँड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दशौं दिनलाई विजयादशमी भनिन्छ ।

यो पर्वमा माता दुर्गाले महिषासुर, शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ ।

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि) महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

स्कन्दमाताको पूजा विधि

सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ । त्यसपछि गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।

त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।

यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र
‘सिंहासनगता नित्यं, पद्माश्रितकरद्धया ।
शुभदास्तु सदा देवी, स्कन्दमाता यशस्विनी ।।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका