गण्डकी प्रदेशमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ पुग्याे

गण्डकी प्रदेशमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ पुग्याे

गण्डकी प्रदेशमा कोरोनाबाट दुई जनाकाे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ पुग्याे

पाेखरा, ५ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  नयाँ १८ जना काेराेना संक्रमितहरू थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित नवलपरासी गैडाकाेट, कावासाेती, मध्यबिन्दुका १५ जना, गाेरखा सुलिकाेटका १ जना, तनहुँ आबुखैरेनि र देवघाटका २ जना रहेका छन ।  सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट-७ का ५० बर्षीय पुरुषको कार्तिक ४ गते बिहान ९:५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आई.सि.यु.मा उपचारको क्रममा दुखद निधन भएको  स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.पू) का प्रमुखले जानकारी दिनुभएको छ ।

यसैगरी म्याग्दी जिल्ला, धौलागिरी-७ का ८५ बर्षीय पुरुषको कार्तिक ४ गते रातको ८:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको कोभिड आई.सि.यु.मा उपचारको क्रममा दुखद निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराबाट प्राप्त भएकाे  छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ |

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका