नेलम्बो नेपालद्धारा कोभिड १९ रोकथामकालागि सहयोग निरन्तर – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • नेलम्बो नेपालद्धारा कोभिड १९ रोकथामकालागि सहयोग निरन्तर

नेलम्बो नेपालद्धारा कोभिड १९ रोकथामकालागि सहयोग निरन्तर

नेलम्बो नेपालद्धारा कोभिड १९ रोकथामकालागि सहयोग निरन्तर

पाेखरा, ४ कार्तिक । नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी निरन्तर कार्यहरु गर्दै आएको सन्र्दभमा विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ को विषम् परिस्थितिलाई मध्य नजर गर्दै पछिल्लो समयमा कोभिड १९ का लागि सहयोग निरन्तर रुपमा विभिन्न चरणमा हस्तान्तरण गर्दै आएको छ ।

आज एक कार्यक्रमका बीच पोखराका दुई स्थानमा कोरोना भाईरस कोभिड १९ संक्रमण रोग रोकथाम तथा व्यवस्थापनमा विशेष सहयोग पुगोस् भन्ने हेतुले पोखारा महानगरपालिका वडा नंं. ४ गैह्रापाटन स्थित ज्ञान मार्ग टोल विकास समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठलाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले खुट्टाबाट सञ्चालन गर्न मिल्ने हात धुने आधुनिक पानी टंकी हस्तान्तरण गर्नु भएको हो ।

सो कार्यक्रममा धन्यवाद दिँदै टोल विकास संस्थाका अध्यक्ष नारायण कुमार श्रेष्ठले नेलम्बो नेपालले यस टोल विकासमा कोभिड १९ को रोकथाम तथा व्यवस्थापनमा हात धुने पानी टंकीले थप सहज प्रदान गर्ने र यसको संरक्षण, व्यवस्थापन र नियमित संचालनमा टोल विकास संस्थाले व्यवस्था मिलउने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै पोखरा थ्रिएटर प्रवेश द्धारमा राखिएको हुदाँ त्यसको संरक्षण तथा हेरचाह पोखरा थ्रिएटरले समेत गर्ने विश्वास त्यस संस्थाका संरक्षक दील प्रसाद गुरुङ्गले व्यक्त गर्नु भयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल हरेक विपत्तीको सामनामा आफ्ना नियमित कार्यक्रम र विपत्तिका कार्यक्रमलाई सँगै लगेको वताउनु भयो । साथै कोभिड १९ रोगको नियन्त्रण तथा व्यवस्थापनमा आवश्यकताको पहिचान गरी चरणबद्ध रुपमा विभिन्न स्थानमा कार्यक्रमहरु गर्दै आएको बताउनु भयो र उक्त पानी टंकीले त्यस ज्ञान मार्ग टोल विकास संस्थाका टोल वासीहरुलाई हात गोडा सेनिटाईजेसन् हुनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । त्यसै गरी पोखरा थ्रिएटर र ज्ञान मार्ग टोल विकास समित लाई हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, सेनिटाइजर र पानी टंकी गरी कुल रु २१,७७० रुपैया वरावरको सामग्री हस्तान्तरण गरेको अवगत गराउनु भयो ।

सोही दिन नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नंं ३१ मा रहेको शहरी स्वास्थ्य केन्द्र पचभैया लाई पनि एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उक्त कार्यक्रमको शहरी स्वास्थ्य केन्द्रका उपाध्यक्ष पुरुषोतम अधिकारीको सभापतित्वमा संचालन भएको हो । कार्यक्रममा स्वागत मन्तव्य अनमी बीनिशा कुमारी क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा रहनु भएको थियो । कार्यक्रममा बोल्दै देवकोटाले नेलम्बो नेपाल कोभिड १९ को अग्र भागमा खटिनु हुने स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र सञ्चार कर्मीलाई महत्वका साथ स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको बताउनु भयो ।

नेलम्बो नेपालले नियमित कार्यक्रमको अलवा कोभिड १९ रोगको रोकथाम, व्यवस्थापन नियन्त्रण र रसचेतनाका कार्यक्रहरु विभिन्न स्थानिय तहसँग सहकार्य गरी सञ्चालन गरिरहेको र आगामी दिनमा कोभिड १९ थप चुनौति पूर्ण हुन सक्ने भएको हुदाँ त्यसको लागि नेलम्बो नेपाल थप गृहकार्यमा रहेको बताउनु भयो ।

कार्यक्रममा नेलम्बो नेपालले हेण्ड फ्रि सेनिटाइजर, १ थान, सेनिटाइजर, २.५ लिटर, फेस सिल्ड १० पिस, पीपीइ ६ सेट, सर्जिकल पञ्जा ५०० पिएर, र्थमल गन १ थान, केएन ९५ माक्स ३५ पिस, सर्जिकल माक्स ५०० पसि, पकेट सेनिटाइजर १० पिस, हात धुने साबुन ३५ पिस, गम्बुट २ सेट र डिउरासेल ब्याट्री २ पिस गरी रु ४३, ५२१ रुपैया वरावरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको व्यहोरा नेलम्बो नेपालका जनसम्र्पक सुपरभाईजर भिम प्रसाद भण्डारीले बताउनु भयो ।

कार्यक्रममा धन्यवाद दिँदै शहरी स्वास्थ्य केन्द्रका उपाध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोतम अधिकारील कोभिड १९ को हट स्पट बन्दै गएको यस क्षेत्रमा हाल सम्म २३ जाना भन्दा बढी मानिस कोरोना संक्रमण पुष्टि भएको र त्यसको रोकथाममा चुनौती भएको गम्भीर अवस्थामा नेलम्बो नेपाल आएर सहयोग गरेको हुदाँ नेलम्बो नेपाल प्रति आभारी रहेको कुरा व्यक्त गर्नु भयो ।

नेलम्बो नेपालले गरेको सहयोग विभिन्न मिडीया र सामाजिक सञ्जालमा देखेको र आज प्रत्यक्ष आफुमाज आई सहयोग गरेको प्रति निकै खुशी रहेको पनि बताउनु भयो । प्रीति गुरुङ्गद्धारा संचालित कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइराला, सामाज सेवी विष्णु प्रसाद पौडेल र नवराज अधिकारी उपस्थिति रहेको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका