बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा बिश्व हिन्दु महासङ्घले गर्याे शान्ती पुर्ण आन्दोलन – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा बिश्व हिन्दु महासङ्घले गर्याे शान्ती पुर्ण आन्दोलन

बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा बिश्व हिन्दु महासङ्घले गर्याे शान्ती पुर्ण आन्दोलन

बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा बिश्व हिन्दु महासङ्घले गर्याे शान्ती पुर्ण आन्दोलन

पाेखरा, ४ कार्तिक । आज बिहान बिन्ध्यवासिनी मन्दिरको प्राङगणमा बिश्व हिन्दु महासङ्घ ले शान्ती पुर्ण आन्दोलन गरेको छ । कार्यक्रम मा आस्थावान धार्मिक धर्मालम्वीहरुको घुइचो लागेको थियो ।

कार्यक्रममा गुरु ठाकुर बराल बिश्व हिन्दु महासङ्घ का केन्द्रिय उपाध्यक्ष संखर खराल लगाएतले बोल्नुभएको थियो । सरकारले हिन्दु धर्म मास्न षड्यन्त्र गरेको,सबै संघ सस्था , चर्च खोलेको तर मन्दिर खोल्न निषेध गरेको,साबुन पानी, सेनिटाइजर प्रयोग गरी ,सामाजीक दुरी प्रयोग गरी मन्दिर खोल्छौ भन्दा पनि सरकारले निर्णय नदिनु सरासर हिन्दु धर्म माथी प्रहार भएको बताउनुभएकाे छ ।

कार्यक्रमको संचालन विश्व हिन्दु महासङ्घ कास्कीका सचीव कमल पौडेलले गर्नु भएको थियो । बिश्व हिन्दु महासङ्घकाे चरणबद्ध आन्दोलन गर्ने योजना रहेकाे छ भने भोली ११ बजे जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

कार्यक्रम पश्चात आउनुभएका आस्थावान हिन्दु धर्मावलम्बीहरुले सामाजिक दुरी कायम गरी बिन्ध्यवासिनी मन्दिरको दर्शन गरेर जाने कार्यक्रम तय भएको थियो । सो कार्य गर्दा नेपाल प्रहरीले भने भित्र जान दिएको थिएन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका