आज मङ्गल चौथी व्रत साथै घट्स्थापनाकाे चाैथाै दिन माता कुष्माण्डाको पूजा आराधना गरी देशभर मनाईदै – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज मङ्गल चौथी व्रत साथै घट्स्थापनाकाे चाैथाै दिन माता कुष्माण्डाको पूजा आराधना गरी देशभर मनाईदै

आज मङ्गल चौथी व्रत साथै घट्स्थापनाकाे चाैथाै दिन माता कुष्माण्डाको पूजा आराधना गरी देशभर मनाईदै

आज मङ्गल चौथी व्रत साथै घट्स्थापनाकाे चाैथाै दिन माता कुष्माण्डाको पूजा आराधना गरी देशभर मनाईदै

काठमान्डाैँ, ४ कार्तिक । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ । मंगल चौथी किलौ चण्डी विनायकौु उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्तिहुनेकुरा गणेश पुराणमा वर्णन गरिएको छ ।

मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ । जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र ममानसिक शान्ति पाउने र सबै प्रकारका दुख(कष्ट र विघ्नबाधाआदि सबै प्रकारका दुख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातोफूल, माला, लड्डु, दुबोआदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दिप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ। यदि यहाँहरुलाई पनि कुनै नयाँ कार्यको श्री गणेश गर्नुपर्नेछ भने आजको दिन अति शुभ मानिन्छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका