बजारमा औषधीको अभाव , बिरामीलाइ सास्ती – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • बजारमा औषधीको अभाव , बिरामीलाइ सास्ती

बजारमा औषधीको अभाव , बिरामीलाइ सास्ती

बजारमा औषधीको अभाव , बिरामीलाइ सास्ती

पोखरा,३ कार्तिक । पोखरामा दमका विरामीले प्रयोग गर्ने औषधी अभाव हुन थालेको छ ।

कोरोना संकटलाई देखाएर कम्पनीले नपठाएपछि विरामीले पर्याप्त औषधी नपाएका हुन् । आस्थालिन इन्लर र एराकोड इन्लरको बढी अभाव देखिएको अस्पतालहरुले जनाएका छन् । दुवै औषधी दमको लागि चाहिन्छ । कोरोनाको बेला दमका रोगी बढी समस्यामा परेका अन्नपूर्ण अस्पतालका सन्तोष पाण्डेले बताउनुभएको छ ।

उहाँका अनुसार टिटी खोपको समेत अभाव छ ।टिटी सुई कतै छैन । खोज्दा पनि पाईंदैन । विरामी आए भने छैन भनेर फर्काउन थालेको चाउथे स्थित तेजस्वी फार्मेसीका सञ्चालक डोलराज पोखरेलले बताउनुभएको छ। औषधी अभावका कारण उपचारका लागि आएका विरामी समेत त्यसै फर्किन बाध्य छन् । पछिल्लो तीन महिनादेखि यि औषधीहरुको आयात घटेको पोखरामा औषधीको होलसेल ब्यापार गर्ने रुसा फर्मा इन्टरप्राईजेज सञ्चालक हरि दाहालले बताउनुभएको छ ।

पोखराका ब्यापारीहरुले कास्की सहित, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, गोरखासम्म औषधी सप्लाई गर्छन् । यहाँ १० भन्दा बढी सप्लायरहरु छन् । एउटै मात्र कम्पनीको औषधी आउने भएकोले बढी अभाव देखिएको दाहालको भनाई छ । ‘दमका औषधी सिप्लाले मात्रै पठाउँछ । टिटी सुई पनि विई कम्पनीको मात्रै छ,’ उनले भने, ‘धेरै कम्पनीको औषधी आए यस्तो अभाव खेप्नु पर्थेन ।’ दुवै औषधी भारतीय कम्पनीले उत्पादन गर्ने हुन् । औषधी अभाव भएपछि विरामीलाई धेरै स्टक औषधी नदिन अस्पतालसँग उनीहरुको आग्रह गरेका छन् ।(आदर्श समाज)

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका