सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न काँग्रेसका सभापति देउवाको निर्देशन – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न काँग्रेसका सभापति देउवाको निर्देशन

सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न काँग्रेसका सभापति देउवाको निर्देशन

सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न काँग्रेसका सभापति देउवाको निर्देशन

काठमाण्डौ ,३ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहनेभएका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीले निर्देशन दिएको बताउनुभयो । फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका