केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

केएमसीको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

काठमाण्डौँ,३,कार्तिक

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका