गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गर्याे चाड पर्व सुरक्षा योजना – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गर्याे चाड पर्व सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गर्याे चाड पर्व सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गर्याे चाड पर्व सुरक्षा योजना

पाेखरा, २ कार्तिक । २०७७ सालकाे महान चाँड वडा दशैं, शुभ दीपावली, ल्होसार तथा छठ लगायतका पर्वहरुलाई सुरक्षित तवरले मनाउने वातावरण तयार गर्नको लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ११ वटा  सबै  जिल्लाहरुमा  कार्तिक १ गते देखी लागू हुने गरि विस्त्रित सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याएको छ ।

यो योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्नको लागि यस कार्यालयका सिनियर प्रहरी अधिकृतको संयोजकत्वमा एक समिति समेत बनाईएको छ ।

सवारी दुर्घटना कम गरि सडकमा सवारीको आवागमन सहज बनाउने मुख्य लक्ष्य रहेको  छ । बिषेशत प्रदेश ट्राफिक प्रहरी कार्यालयले यस्ता सुरक्षा योजनालाई प्राथमिकतामा राखेको छ ।

COVID- 19 को संक्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ठ मापदण्डहरु कार्यान्वयन गर्ने र गराउने, सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादरहरु लागु भए  नभएको अनुगमन गर्ने, चाड पर्वको समयमा सवारी दुर्घटनालाई न्युन गर्ने, राजमार्गमा हुने सवारी दुर्घटना कम गर्ने तथा मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तिमा १० मिनेट भित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने र उद्दार  कारबाहीमा सम्लग्न हुने, शहरी तथा ग्रामिण सडक खण्डमा सवारी साधनको छतमा यात्रु चडेर सवार गर्ने, क्षमता भन्दा बढि मानिस राखेर सवारी साधन चलाउने कुराहरुलाई नियन्त्रण गर्न थप चेकिङको व्यवस्था गर्ने ।

सावरी साधनको कमि हुने अवस्था सृजना भएमा यातायात कम्पनीहरुसंग समन्वय गरी थप सवारी संचालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला तथा प्रवेश नाकाहरुमा १९ वटा यात्रु सहायता कक्षको स्थापना गरि यात्रुहरुलाई सहजता कायम गर्ने, सरोकारवाला निकायहरुसंग समन्वय गरी विपद उद्वार कार्यमा प्रयोग हुने हेभी ईक्यूईपमेण्ट (कम्तिमा ४० टन क्षमताका क्रेन, (याकरहरु, डोजर, स्क्याभेटर ) राजमार्गमा स्टेण्डवाईमा राख्ने व्यवस्था मिलाउने ।

मादक पदार्थ तथा नशाजन्य पदार्थ खाएर सवारी साधन चलाउने व्यक्ति तथा सवारी साधनहरुको निग्रानी र चेकिङ तिव्र बनाउने, त्यस्तो पाईएमा प्रचलित कानून बमोजिम मुद्दा चल्ने गरि सम्बन्धित प्रहरी कार्यालयमा लेखि पठाउने  सुरक्षा योजना बनाइएकाे छ ।

सबै जिल्लाको ६५ स्थानमा स्थाई पिकेट ड्युटी गर्न १३० जना ट्राफिक प्रहरी नियमित रुपमा परिचालन हुने, ३१ स्थानमा १५५ जना ट्राफिक प्रहरी खटाई सवारी दुर्घटना न्युनिकरण गर्न बिषेश चेकिङ स्थापना गरिने, COVID- 19 ज्ञञ को संक्रमणलाई मध्यनजर राखी मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरि सवारी साधन चलाउने सवारि चालकहरुको बिषेश निग्रानी गर्न २९ स्थानमा चेकिङ राखी १४५ जना परिचालन गरिएकाे छ ।

सबै जिल्लामा गरि १९ स्थानमा यात्रु सहातया कक्ष स्थापना गरि ३८ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । घटनालाई तत्काल प्रतिकार्य (Response) गर्नको लागि १२ वटा Quick Response Team (QRT)र १५ वटा मोबाईल टोली बनाई ५४ जना परिचालन गरिएको छ ।

विपद उद्वार कार्यमा परिचालन हुने गरि १२ वटा समुह बनाई ५६ जना परिचालन गरिएको छ । यसरी सबै जिल्लाहरुमा २८५ जना ट्राफिक प्रहरी कर्मचारीहरु चाडपर्व सुरक्षाको लागि परिचालन हुनेछन भने सबै प्रकारमा ड्युटीहरु आलोपालो मिलाई गर्ने गरि व्यवस्था मिलाईएको छ ।

साथै आम नागरिक तथा यात्रुहरुमा माथि उल्लेखित अनुसारको कमी कमजोरी गरेको वा भएको फेला परेमा प्रहरी हटलाईन नं १०० र ट्राफिक हटलाईन १०३ मा जानकारी गराउन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेकाे छ ।

चाडपर्वको अवसर पारी सवारी साधन चोरी हुने हुँदा आफ्नो सवारी साधन चलाउँदा अनिवार्यरुपमा सवारीका कागजात साथमा राख्न समेत ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेकाे छ ।

सम्पूर्ण नेपालीहरुमा विजया दशमी, शुभदिपावली, छठ तथा ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका