पाेखरा, २ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६८५ पुगेको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २५ जना काेराेना संक्रमित र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २७ जना काेराेना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा थपिने २५ जना काेराेना संक्रमित चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिक बाट पहिचान हुनुभएको हो ।
सबै संक्रमितहरुलाई सोहि अस्पतालको आईसोलेसनमा राखिएको छ ।
गण्डकी प्रदेशमा थपिने २७ जना काेराेना संक्रमित सबैजना contact tracing बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।