आज महान चाँड बडा दशैंकाे दोस्रो दिन ब्रहृमचारिणी माताको पूजा आराधना गरी मनाईदै – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • आज महान चाँड बडा दशैंकाे दोस्रो दिन ब्रहृमचारिणी माताको पूजा आराधना गरी मनाईदै

आज महान चाँड बडा दशैंकाे दोस्रो दिन ब्रहृमचारिणी माताको पूजा आराधना गरी मनाईदै

आज महान चाँड बडा दशैंकाे दोस्रो दिन ब्रहृमचारिणी माताको पूजा आराधना गरी मनाईदै

काठमान्डाैँ, २ कार्तिक । हिजाेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । घटस्थापना दशैंको पहिलो दिन पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।

आज महान चाड बडा दशैं दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका