अबैध रुपमा लागूऔषध बोकी हिडिरहेको अवस्थामा पाेखरामा एक युवक पक्राउ – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • अबैध रुपमा लागूऔषध बोकी हिडिरहेको अवस्थामा पाेखरामा एक युवक पक्राउ

अबैध रुपमा लागूऔषध बोकी हिडिरहेको अवस्थामा पाेखरामा एक युवक पक्राउ

अबैध रुपमा लागूऔषध बोकी हिडिरहेको अवस्थामा पाेखरामा एक युवक पक्राउ

पाेखरा, २ कार्तिक । अबैध रुपमा लागूऔषध बोकी हिडिरहेको अवस्थामा पोखरा महानगरपालिकाका एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिहान (शनिवार) १ : ३० बजेकाे समयमा पक्राउ गरेकाे हाे ।

पक्राउ पर्ने युवक बर्ष २९ का प्रभात सुबेदी रहेका छन । प्रभात सुबेदी पोखरा महानगरपालिका वडा नं २४ स्थायी घर भएका बिजयपुर  वडा नं २६ बस्दै आएका थिए ।

पक्राउ परेका प्रभात सुबेदीकाे साथमा  डाईजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल ,नुर्फिन ६० एम्पुल, जम्मा १८० एम्पुल इएएइ मोवाईल थान १ भेटिकाे छ।

पक्राउ परेका सुबेदीलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान भईरहेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका