स्याङजामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाईते–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • स्याङजामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाईते

स्याङजामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाईते

स्याङजामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाईते

स्याङजा, १ कार्तिक । जिल्ला स्याङजा भिरकोट नगरपालिका ३ साम्दी स्थित भित्रि कच्चि सडक खण्डमा  बिहान १० बजेकाे समयमा लु १ त ५६३७ न को ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिदा  ईन्जिनले च्यापिएर एक युवककाे मृत्यु भएकाे छ ।

चालक सहित अर्काे एक युवक गरी दुई जना ट्याक्टरमा  थिए । अचानक  ट्याक्टर अनियन्त्रित भई पल्टिन जाँदा एककाे घट्नास्थलमा मृत्यु  भएकाे छ । अर्काे एक युवक घाईते भएका छन । घाईते युवकलाई उपचारको लागि जिल्ला अस्पताल स्याङजा पठाईएको छ ।

घट्नास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेकाे छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका