पर्वतमा ट्याक्टर दुर्घटना परी १ जनाको मृत्यु, ५ घाईते–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • पर्वतमा ट्याक्टर दुर्घटना परी १ जनाको मृत्यु, ५ घाईते

पर्वतमा ट्याक्टर दुर्घटना परी १ जनाको मृत्यु, ५ घाईते

पर्वतमा  ट्याक्टर दुर्घटना परी १ जनाको मृत्यु, ५ घाईते

पर्वत, १ कार्तिक । पर्वत जिल्ला बिहादी गाउँपालिका २ रास्कोट स्थित,  ७:२०बजेकाे समयमा खहरे–नौनादी भित्री सडक खण्डमा खहरेबाट नौनादी तर्फ आउँदै गरेको ध १ त ३५३ नं को ट्याक्टर अचानक सडकबाट  २० २५ मिटर तल खसेकाे छ ।

ट्याक्टरमा सबार चालक सहित ६ जना रहेका थिए  । ट्याक्टर दुर्घट्नामा ६ जना घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पामा पठाइएकाे थियाे ।

जिल्ला पर्वत बिहादी गाउँपालिका-२ बस्ने वर्ष १२ का निखिल परियारको उपचारको क्रममा मृत्यु भएकाे छ । अन्य पाँच जना घाईतेको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।

घाईते हुनेमा १३ वर्षकाे सागर परियार, २३ वर्षकाे सन्दिप नेपाली,  ४२ वर्षकाे शंकर नेपालि गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ बस्ने वर्ष ५२ को थम्म पुरी, फाेक्सिङ बस्ने वर्ष २९ को झक बहादुर नेपाली रहेका छन ।

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका