fbpx

दशैँ—तिहारका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० च्याङग्रा कुकुरको टोकाइले मरे

author

समाचारपाटी

४ महिना अगाडि

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।

व्यापार कम्पनीले दशैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ । कम्पनीले दशैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो । बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीवार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताउनु भयो ।

उहाँले दशैँ—तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीवार मरेको बताउनु भयो । उहाँले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताउनु भयो । उहाँले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताउनु भयो । उहाँले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘बुधवार बेलुकासम्म सबै च्याङग्राहरु स्वस्थ नै थिए । राति च्याङ्ग्रा मरेकाले सिसिटिभी फुटेज हेरेर थाहा पाएका हौं । ९ बजे मात्रै खबर भयो । मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ । भेटनरी डाक्टरहरुकाअनुसार कुकुरले टोकेको होकी भन्नुभएको छ । राति १२ बजे दुई तीन वटा कुकुर भित्र छिरेको देखिन्छ । च्याङ्ग्रा ल्याएको तीन महिना भइसक्यो । दशैँको लागि लक्षित गरेर ल्याएको हो । छटसम्म बिक्री गर्दा ४७ वटा च्याङ्ग्रा बाँकी थियो । अघिल्लो वर्ष १६२ वटा मात्रै बिक्री गरेका थियौं । यो वर्ष खरिद सख्या पनि बढी भयो । बजारमा क्रय शक्ति कम भएर पनि होला बिक्री पनि भएको थिएन ।  २० वटा च्याङ्ग्रा मरेको छ । अब के भएर मेरको रहेछ भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ । सिसिटिभी फुटेज हेर्दा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ । किनेको मूल्यभन्दा कममा बिक्री गर्न नमिल्ने कारणले पनि लामो समयसम्म बिक्री नभएको हो । मान्छेसँग पैसाको कमी भएका कारणले पनि लक्ष्यअनुसारको बिक्री भएन र स्टक रह्यो ।’केन्द्रिय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताउनु भयो । उहाँले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताउनु भयो । उहाँले २३ वटा च्याङ्ग्रा मरेको बताउनु भयो । उहाँले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताउनु भयो । उहाँले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताउनु भयो । कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो । 


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन