आजकाे माैसम :-आंशिक देखि सामान्य बदली, पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • आजकाे माैसम :-आंशिक देखि सामान्य बदली, पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

आजकाे माैसम :-आंशिक देखि सामान्य बदली, पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

आजकाे माैसम :-आंशिक देखि सामान्य बदली, पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

काठमान्डाैँ, १ कार्तिक । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ भने बाकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका