गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ र संक्रमितको संख्या ५५७७ पुग्याे–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ र संक्रमितको संख्या ५५७७ पुग्याे

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ र संक्रमितको संख्या ५५७७ पुग्याे

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ र संक्रमितको संख्या ५५७७ पुग्याे

पाेखरा, १ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४६ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३० जना गरी ७६ जना काेराेना संक्रमित थप  भएका छन् ।

गण्डकी प्रदेश थपिने  काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ३० जना, तनहुँका २ जना, गाेर्खाका ९ जना, नवलपरासीका ५  गरी ४६ जना रहेका छन ।

गोरखा जिल्ला, गोरखा-८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं. ७ का २९, ३६ र २५ बर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत व्यक्ति रहेका छन ।

कास्की जिल्ला, पोखरा महानगरपालिका, वार्ड नं २९ का ३४ बर्षीय पुरुषको ग्रीन पास्चर अस्पताल, पोखराबाट, वार्ड नं. ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५,२६, २२, ३२, ५, ५२, २२, ४७, ३२ बर्षीय महिलाहरु र २४, २९, ३० बर्षीय पुरुषहरुको गण्डकी मेडिकल कलेज, पोखराबाट र तनहुँ जिल्ला, बन्दीपुर-१ का ५३ बर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखराबाट नमुना संकलन गरिएको हो ।

पोखरा महानगरपालिका- २९, १९ र १६ का ३७, २०, ४४, ४५ बर्षीय पुरुष र ३० बर्षीय महिला, साथै गोरखा जिल्ला, गोरखा-११ का ३९ बर्षीय पुरुष भारतबाट आउनुभएको हो ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, गैंडाकोट-४ का ४१ बर्षीय पुरुष साउदीबाट आउनुभएको हो । अन्य सबै संक्रमित contact tracing बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

गण्डकी प्रदेशमा थपिने ३० जना काेराेना संक्रमित  सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो ।

बाग्लुङ जिल्ला, जैमिनीका दुबैजना संक्रमित बाग्लुङ जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बस्नुभएको छ भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का ४७ बर्षीय कोरोना संक्रमित व्यक्तिको असाेज  ३० गते चरक मेमोरियल अस्पताल, पोखरामा दुखद निधन भएको छ । उहाँलाई असाेज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

निधन हुने व्यक्ति  कोरोनाको संक्रमणका साथै Bilateral Pneumonia with Respiratory Failure भएको अस्पताल प्रशासनबाट प्राप्त भएकाे छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका