बालीनाली थन्क्याउन हल्जी गाउँको विद्यालय एक हप्ताका लागि बन्द–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • बालीनाली थन्क्याउन हल्जी गाउँको विद्यालय एक हप्ताका लागि बन्द

बालीनाली थन्क्याउन हल्जी गाउँको विद्यालय एक हप्ताका लागि बन्द

बालीनाली थन्क्याउन हल्जी गाउँको विद्यालय एक हप्ताका लागि बन्द

कर्णबहादुर रोकाया, हुम्ला, १ कार्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६मा पर्ने हल्जी गाउँमा बालीनाली थन्क्याउन एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । यहाँ वर्षको एक बाली मात्र पाक्ने हुनाले यसलाई पनि एक महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ ।

 

करीब चार हजार दुई मिटरको उचाईमा रहेको हुम्लाकै उच्च स्थानमा रहेको एक गाउँ हो हल्जी । यहाँ वर्षको एक बाली मात्र पाक्ने हुनाले स्थानीयस्तरमा बालीनाली स्याहार्ने कामलाई एक अति महत्वपूर्ण उत्सवमा रुपमा लिने गरिएको हुनाले वर्षा समयमा जो जहाँ भए पनि सकभर बालीनाली स्याहार्ने समयमा अनिवार्य रुपमा आउनुपर्ने बाध्यात्मक चलन रहेको हल्जी गाउँमा सामाजिक अगुवा खेन्राव तामाङ्गले बताउनुभयाे ।

गाउँका रीतिथीति र चालचालन अनुसार गाउँका सभा अर्थात् लाइजेन चिटोतले निर्णय गरे अनुसार बालीनालीको हेरचाह गर्ने नोरा अर्थात् बालीचौकीदार, गाउँको थीतिबन्दका लागि व्यवस्था गर्ने जिम्मेवार व्यक्ति अर्थात् लाइवा र यस्तै अनेक कामका लागि जिम्मेवार दिएका व्यक्तिहरूले गाउँ सभाले तोकेको जिम्मेवारी पुरा गरेर बालीनाली थन्क्याएपछि बस्ने गाउँको कचहरीमा छ महिनाको प्रगति विवरण र आफुले गरेका कामको जानकारी उक्त लाइजेन चिटोत्मा बुझाउनु पर्ने चलन रहेको वडा अध्यक्ष पाल्जोर तामाङ्गबाट जानकारी प्राप्त भएको छ । 

यसैले पनि प्रत्येक वर्ष बालीनाली स्याहार्ने बेलामा घरका परिवारका सबै सदस्यहरू रात्ती दुई बजेदेखि बिहान १२ बजेसम्म खेतमा गएर काम गर्नु पर्ने र खानापानी पनि खेतमा लिएर खानुपर्ने भएकाले पनि यो उत्सव सानानानीहरूका लागि एकातिर रमाइलो गर्ने अवस्था हो भने अर्कोतर्फ व्यावहारिक कुराहरू सिक्ने अवसर भएकाले पनि विद्यालय बन्द गरिएको हल्जी गाउँका छिरिङ्ग तुन्डुप तामाङ्गको भनाई रहेको छ । 

बालीनाली स्याहारी सकेपछि विद्यालय सञ्चालन हुने छ । यो विदाबाट बालबालिकाहरूले नयाँ किसिमको पूर्नताजगी तालिम प्राप्त भएको अनुभव प्राप्त गर्ने अविभावकहरूको मत रहेको छ । 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका