गण्डकी प्रदेशमा ३० जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५५०१ पुग्याे–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ३० जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५५०१ पुग्याे

गण्डकी प्रदेशमा ३० जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५५०१ पुग्याे

गण्डकी प्रदेशमा ३० जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५५०१ पुग्याे

पाेखरा, ३० असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  नयाँ ३० जना  काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका २७ जना, म्याग्दि अन्नपूर्णका १ जना, स्याङजा हरीनासका  १ जना, लम्जुङ मध्येनेपालका १ जना गरी  ३० जना रहेका छन् ।

सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका