पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

काठमाडौं, ३० असोज । चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।

कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् ।

काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दीर्घरोग नरहेको बुहारी निशा बताउँछिन् । कोरोनाको सामान्य लक्षण भए पनि गम्भीर अवस्था नभएको उनको भनाइ छ ।

‘रिपोर्ट आउनुअघिसम्म बुवाको स्वास्थ्य सुधारोन्मुख थियो, तर पोजिटिभ रिपोर्ट आएको थाहा पाएपछि एकाएक ढल्नुभयो,’ उनले भनिन् ।

Source:-onlinekhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका