डेढ वर्षीय छोरोसहित राप्ती नदीमा हाम फालेकी महिलाकाे उद्धार, छोराको मृत्यु–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • डेढ वर्षीय छोरोसहित राप्ती नदीमा हाम फालेकी महिलाकाे उद्धार, छोराको मृत्यु

डेढ वर्षीय छोरोसहित राप्ती नदीमा हाम फालेकी महिलाकाे उद्धार, छोराको मृत्यु

डेढ वर्षीय छोरोसहित राप्ती नदीमा हाम फालेकी महिलाकाे उद्धार, छोराको मृत्यु

चितवन, ३० असाेज । चितवनमा राप्ती नदीमा भरतपुर महानगरपालिका २२ पटिहानीकी ३५ वर्षीया हेमन्ती बोटे  नाम गरेकी एक महिलाले छोरोसहित हाम फालेकी छन । प्रहरीले हेमन्तीलाई सकुशसल उद्धार गरेको छ भने छोराको मृत्यु भएको बताइएको छ ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गितानगरको टोलीले आमाछोराको खोजी सुरु गरेर ति महिलाको उद्धार गरेको थियो ।

ति महिलाले मदिराले लठ्ठ भएपछि नदीमा होमीएको बताइएको छ । हेमन्तीले देहत्याग गर्न खोज्नुको कारण अझै पत्ता लागि नसकेको बताइएको छ ।

हेमन्तीलाई फाल हानेको स्थान नजिकैबाट सकुशल उद्धार गरिएपनि उनका डेढ वर्षको छोरो शव करिब २ किलोमिटर तल मेजरघाटमा फेला पारेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका