गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्याे–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्याे

पाेखरा, ३० असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४७१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३७ जना काेराेना  संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १ जना,  पर्वत कुश्माका १ जना, स्याङजा पुतलिबजारका, कालिगण्डकीका ४ जना, लम्जुङका ४ जना, गाेरखाका ९ जना, बाग्लुङका २ जना, नवलपरासी मध्यबिन्दुका १६ जना गरी ३७  जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-२५ का २७ बर्षीय पुरुष मेट्रोसिटी अस्पताल, पोखराका चिकित्सक हुनुहुन्छ । पर्बत जिल्ला, कुश्मा-५ का ३८ बर्षीय महिला मेट्रोसिटी अस्पताल, पोखरामा उपचाररत हुनुहुन्छ । अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय (पुरुष) व्यक्ति को  असाेज २९ गते राति ११:३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा दुखद निधन भएको छ ।  उहाँ  असाेज २५ गते अस्पताल भर्ना हुनुभएको थियो ।

निधन हुनुभएका (पुरुष) व्यक्तिमा असाेज  २७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उहाँ सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत व्यक्ति
हुनुहुन्थ्यो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका