आज मौसम :-आंशिक बदलीसँगै, देशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • आज मौसम :-आंशिक बदलीसँगै, देशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज मौसम :-आंशिक बदलीसँगै, देशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज मौसम :-आंशिक बदलीसँगै, देशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमान्डाैँ, ३० असाेज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश १, बाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बाग्मती  प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज रातीकाे माैसम भने प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती   प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका