पाेखरामा "स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी" कार्यक्रम सम्पन्न–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • पाेखरामा “स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी” कार्यक्रम सम्पन्न

पाेखरामा “स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी” कार्यक्रम सम्पन्न

पाेखरामा “स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी” कार्यक्रम सम्पन्न
फोटो: बाबुराम आचार्य, प्रमुख, स्वास्थ्य कार्यालय, कास्की

पाेखरा, ३० असाेज । गण्डकी प्रदेश, स्वास्थ्य कार्यालय, कास्कीको गत आर्थिक वर्ष २०७६/०७७ को “स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी” हिजाे(विहिबार)सम्पन्न भएकाे छ ।

कार्यक्रममा कास्की जिल्लाका सबै स्थानीय तहको उपस्थितिमा गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा सो अवधिमा हासिल भएका प्रगतिको प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

कार्यक्रम असोज २८ र २९ २ दिन सम्म संचालन भएकाे थियाे । उक्त कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिमा गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा तथा बिशेष उपस्थितिमा सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक श्री शम्भु प्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका