भारतमा छ यस्ताे अनौठो रुख जसबाट बाह्रै महिना धारामा जसरी पानी झरीरहन्छ – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • भारतमा छ यस्ताे अनौठो रुख जसबाट बाह्रै महिना धारामा जसरी पानी झरीरहन्छ

भारतमा छ यस्ताे अनौठो रुख जसबाट बाह्रै महिना धारामा जसरी पानी झरीरहन्छ

भारतमा छ यस्ताे अनौठो रुख जसबाट बाह्रै महिना धारामा जसरी पानी झरीरहन्छ

काठमाडौं, २९ असाेज । भारतको हरियाणाको नुहे जिल्लाबाट ३ किलोमिटर टाढा रहेको अरावली पर्वतमालामा रहेको एक मन्दिरको छेउमा रहेको एउटा अनौठो रुखमा बाह्रै महिना धारामा जसरी पानी झरीरहन्छ ।

लगातार रुपमा पानी झरीरहने यो रुखलाई हेर्ने मानिसको लर्को लाग्ने गरेको छ । वैज्ञानिकहरुले यस बारे अनुसन्धान गरेपनि पानी आउने कारणबारे पत्ता लगाउन अहिलेसम्म सकिरहेका छैनन् ।

सम्भवतत यो दुनियाकै एकदम विरलै पाइने अनौठो रुख हो । दर्शालुहरुले आस्थाको केन्द्र मान्दै कसैको दिव्य शक्तिको वास भएको बताउदै आएका छन् ।

नल्हडेश्वर नामले चिनिएको यस मन्दिरमा धेरै भक्तजनहरु दर्शनका लागि जाने गरेका छन् । मानिसहरु उक्त मन्दिरबाट फर्किदा सोही रुखको पानी लिएर जाने गरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका