गण्डकी प्रदेशमा फेरी थपिए ४ जना काेराेना संक्रमित–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए ४ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ४ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ४ जना काेराेना संक्रमित

पाेखरा, २९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३०४ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ४ जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने कोरोना संक्रमित म्याग्दी बेनी, मंगला, रघुगंगा का ४ जना रहेका छन् । म्याग्दी जिल्ला, बेनी नगरपालिकाका २४ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला-३, पर्बत) र रघुगंगा-५ का ४३ बर्षीय पुरुष गरि २ जना कोरोना संक्रमणको लक्षण सहित बेनी अस्पतालमा उपचारको लागि आउनुभएको हो ।

मंगला – १ का २८ बर्षीय महिला क्वारेन्टाइनमा बस्नुभएको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ |

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका