गण्डकी प्रदेशमा ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३०० पुग्याे – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३०० पुग्याे

गण्डकी प्रदेशमा ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३०० पुग्याे

गण्डकी प्रदेशमा ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५३०० पुग्याे

पाेखरा, २९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३०० पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  नयाँ ६ जना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित  कास्की जिल्ला पाेखरा महानगरपालिका वडा ३, ११ र १० का ५ जना, तनहुँका १ जना गरी ६ जना रहेका छन ।
सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । जसमध्ये तनहुँका १ जना महिला र पोखरा महानगरपालिकाका वार्ड नं नखुलेका ८५ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रि-आईसोलेसनमा बस्नुभएको छ ।अन्य सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका