बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, २९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ मन्त्री , कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएकाे थियाे ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उहाँहरुलाई मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका