नैतिकशिक्षा पढाएर नैतिकता सिकाउने तपाईलाई भावपुर्ण श्रद्धान्जली–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • नैतिकशिक्षा पढाएर नैतिकता सिकाउने तपाईलाई भावपुर्ण श्रद्धान्जली

नैतिकशिक्षा पढाएर नैतिकता सिकाउने तपाईलाई भावपुर्ण श्रद्धान्जली

नैतिकशिक्षा पढाएर नैतिकता सिकाउने तपाईलाई भावपुर्ण श्रद्धान्जली

 

मेले बिर्सेको छैन हजुरले मलाई ७ कक्षामा नैतिक विषय पढाएको जसले गर्दा कलियुगको ब्रम्हलुटमापनि मलाइ आफनो नैतिकता जोगाउने सामथ्र्य मिल्यो।

आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो

कास्की जिल्ला मादी गाउँपालिका वडा नं५ ,चितेपानी निवासी नेपाल शिक्षक संघ एवं नेपाली कांग्रस साबिक कालिका का सदस्य आदरणीय खेमराज अधिकारी ज्यु को ६९ बर्ष को उमेर मा असमायिक निधन भएकोमा हामी सवै शोकाकुल अवस्थामा छौ। उहाँको आज दाहसँस्कार कार्यक्रम सम्पन्न भएको छ । मादी घाटमा नेपाली कांग्रेस मादीका अध्यक्ष देवीजंग गुरुङले अन्तिम श्रदान्जली अर्पण गर्दै कांग्रेस को चार तारे झण्डा सहित हार्दिक श्रद्धासुमन ब्यक्त गर्नुभयो । उक्त अन्तिम श्रद्दान्जली मा माँदी ५ का वडा अध्यक्ष रतन बहादुर गुरुङ,नेपाली कांग्रेस प्रदेश सचिब सरोज केसी,हुमनाथ अधिकारी ,देवी कुइकेल,रुद्र अधिकारी,गुरु प्रसाद कुइकेल,बिश्वमोहन अधिकारी, नेकपाका युवा नेता सुजन अधिकारी, हिमालय प्रा.वी का चिरञ्जिवी पौडेल लगायत शिक्षासेवी समाजसेवी ले भाव पुर्ण श्रद्धासुमन ब्यक्त गरे ।स्व.आत्मको चिर शान्ति र बैकुन्ठ वाँसको कामना गर्दे,शोकाकुल परिवारजनमा गहिरो समबेदना, उहांको परिवारमा श्रीमती शान्ती अधिाकरी छोरा विनोद अधिकारी, बुहारी अन्जु अधिकारी , नाती अनुज

र नातिनी एकता अधिकारी छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका