पाेखरामा ''ट्रेनिङ अन केस इनभेसटिगेसन र कन्ट्रयाक ट्रेसिङ'' कार्यक्रम – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • पाेखरामा ”ट्रेनिङ अन केस इनभेसटिगेसन र कन्ट्रयाक ट्रेसिङ” कार्यक्रम

पाेखरामा ”ट्रेनिङ अन केस इनभेसटिगेसन र कन्ट्रयाक ट्रेसिङ” कार्यक्रम

पाेखरामा ”ट्रेनिङ अन केस इनभेसटिगेसन र कन्ट्रयाक ट्रेसिङ” कार्यक्रम
पाेखरा, २९ असाेज । स्वास्थ्य सेवा बिभाग, ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा  बिश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य निर्देशानलयको समन्वयमा आज (“Training on Case Investigation and Contact Tracing”) ट्रेनिङ अन केस इनभेसटिगेसन र कन्ट्रयाक ट्रेसिङ  कार्यक्रम  भएको छ ।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य तालिम केन्द्र र प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक श्री खिम बहादुर खड्काले गर्नु भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य निर्देशानालय, गण्डकी प्रदेशका निर्देशक डा. बिनोद बिन्दु शर्मा रहनुभएकाे थियाे  भने विशिष्ठ अतिथिमा सामाजिक बिकाश मन्त्रालयका महाशाखा प्रमुखहरु श्री शम्भु ज्ञवाली, डा. राम बहादुर के.शी., प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक श्री सपना सुबेदी रहनुभएकाे थियाे ।
गण्डकी प्रदेशका सबै स्वास्थ्य कार्यालयका प्रमुखहरु, तथ्यांक अधिकृत तथा कोभिड-१९ फोकल पर्शनको समेत उपस्थिति रहेको छ ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री प्रकाशराज शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो ।
ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेलले CICT का नयाँ आयामहरु र कसरि ब्यबस्थित गर्ने बारे आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियाे ।  कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुखहरुले CICT सम्बन्धि गतिविधिहरु र यसका चुनौतीबारे छलफल गर्नुभएको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले Virtual शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रमुख अतिथिको मन्तब्य राख्दै गण्डकी प्रदेश, स्वास्थ्य निर्देशानालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रम गरिराखेको र यसमा साथ दिनुहुने सबै पक्षहरुलाई बिशेष आभार प्रकट गर्नुभएको थियो ।
प्रदेश सरकारले केहि कार्यहरु संघिय सरकारले गर्नुभन्दा पहिलानै गण्डकी प्रदेश सरकारले तालिम, कार्यक्रम तथा विभिन्न गतिबिधि संचालन गरेको जानकारी दिनुभएको थियो । अध्यक्षताको मन्तब्य राख्दै स्वास्थ्य तालिम केन्द्र र प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक श्री खिम बहादुर खड्काले गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि तयार रहेको साथै संघिय सरकार र स्थानीय सरकारको समन्वय र सहायोग अझबढी आबश्यक रहेको धारणा राख्नुभएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका