‘संस्कार’ फिल्मकाे एअरपोर्ट बोलको गीतमा निशान र अस्मिताकाे स्वर – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • ‘संस्कार’ फिल्मकाे एअरपोर्ट बोलको गीतमा निशान र अस्मिताकाे स्वर

‘संस्कार’ फिल्मकाे एअरपोर्ट बोलको गीतमा निशान र अस्मिताकाे स्वर

‘संस्कार’ फिल्मकाे एअरपोर्ट बोलको गीतमा निशान र अस्मिताकाे स्वर

काठमाडौं,  २८ असोज । किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समाबेश चितवनको एअरपोर्ट..बोलको गीत बुधबार रेकर्ड भएकाे छ ।

किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेकाे छ । दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै रहेकाे छ ।

बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिनुभएकाे छ ।

फिल्मको सहनिर्मातामा राजु अधिकारी,सुमन तेन्जल र हरि भण्डारी रहेका छन । तनहुँ,पोखरा र बिरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहनुभएकाे छ भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ । गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताकाे रहेकाे छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका