दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो, जिम्मेवार निकाय बेखबर – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो, जिम्मेवार निकाय बेखबर

दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो, जिम्मेवार निकाय बेखबर

दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो, जिम्मेवार निकाय बेखबर

कर्णबहादुर रोकाया, हुम्ला, २९ असाेज । दशैंलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा चाइनिज मदिराको अवैध रुपमा आयात बढ्न थालेको छ ।

 

सिमकोट लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज रक्सी भखैरै ल्याउँदै गरेको प्राप्त जानकारी भएको छ । पछिल्लो समय हुम्लाको दुबै उत्तरी नाकाहरूमा चाइनिज सामानहरू आउन बन्द भए पनि पटक पटक चाइनिज मदिरा के कसरी र कहाँबाट आउँछ ।

यो बारेमा जिल्लामा बसेको सुरक्षा निकाय मौन देखिनु सोचनिय पक्ष भएको स्थानीयहरूको भनाई रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार सिमकोटको लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज मदिरा ल्याउने गरेको जानकारी प्राप्त भएको छ ।

हाल सिमकोट बजारमा प्रति बोतल ६०० का दरले बिक्री हुने भएकाले पनि पटक पटक यो अवैध रक्सीको बजार सिमकोट क्षेत्रमा राम्रो भएको नाम नबाउने शर्तमा एक होटल व्यवसायीले बताएका छन् ।

भर्खरै सिमकोटतिर आउँदै गरेको रक्सीको मोल प्रति बोतल ६०० का दरले १,०८० को ६ लाख ५० हजार हुन आउँछ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका