प्रतिबन्धित लागूऔषधसहित पाेखराबाट एक युवक पक्राउ – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • प्रतिबन्धित लागूऔषधसहित पाेखराबाट एक युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पाेखराबाट एक युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पाेखराबाट एक युवक पक्राउ

सुनिता कार्की, पाेखरा, २९ असाेज । प्रतिबन्धित लागूऔषध गाँजासहित  पाेखराबाट प्रहरीले कास्की अन्नपुर्णका गाउँपालिका एक युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने कास्की  जिल्ला  अन्नपुर्णका गाउँपालिका वडा नं १० घान्द्रुकका बर्ष २० का प्रकाश बि क रहेका छन् ।

लागूऔषध ओसारपसार तथा बिक्रिबितरण भईरहेको छ भन्ने  बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निलो रंगको प्लाष्टिकको झोलामा लुकाई छिपाई ६५० ग्राम  गाँजा लिएर बाटोमा हिडिरहेको अवस्थामा (बुधबार) हिजाे राती १:३० बजेको समयमा  बि क लाई प्रहरीले फेला पारेकाे हाे ।

फेला पारेकाे स्थानबाटनै गाँजा सहित बिक लाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका  वडा नं १० घान्द्रुक घर भएका  बि क  पोखरा महानगरपालिका वडा नं १० रामबजार बस्दै आएका थिए ।

प्रतिबन्धित लागूऔषध सहित फेला परेका बिकलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत सम्मानित जिल्ला अदालत कास्कीबाट १८ (अठार)  दिन म्याद थप गरी लागूऔषध ओसारपसार तथा बिक्रिबितरणमा लागेकाे कति समय भयाे याे कार्यमा अरू संम्लगन छन कि छैन्र त्याे बारे प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका