साहित्यकार राजन मुकारुङको शब्दमा ''अधेरी रातको सपनी'' सार्वजनिक–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • साहित्यकार राजन मुकारुङको शब्दमा ”अधेरी रातको सपनी” सार्वजनिक

साहित्यकार राजन मुकारुङको शब्दमा ”अधेरी रातको सपनी” सार्वजनिक

साहित्यकार राजन मुकारुङको शब्दमा ”अधेरी रातको सपनी” सार्वजनिक

काठमाडौं, २८ असाेज । गायिका पवित्र राइको स्वरमा रहेको गीत ”अधेरी रातको सपनी” सार्वजनिक भएको छ । नेपाली साहित्यकार र आख्यानकार राजन मुकारुङको शब्द तथा गायिका पवित्रकै संगित रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपालीहरुको महान चास वडा दशैको अवसर पारेर धेरै संगीतकर्मीले दशै विशेष गितहरु सार्वजनिक गरिरहेको अवस्थामा दशैकै अवसर पारेर पबित्रले भने पृथक गित सार्वजनिक गरेकी हुन ।

नेपाली साहित्यकार, आख्यानकार राजन मुकारुङको कविता कृति हाटाजाने अघिल्लो रातमा समावेस गीतलाई पवित्रले संगीत भरेर गाउदा गीत जीवन्त बनेको छ ।

गीतको भिडियोमा रङ्गमन्चमा आफुलाई स्थापित बनाइ सकेकी कलाकार निशा पाख्रिनको बेजोड अभिनय रहेको छ । पाख्रिनलाई भिडोयोमा एउटि गर्भवती महिलाको रुपमा देख्न सकिन्छ । भिडियोमा पाख्रिन संगै रोनिस राउत र सिराङ मुकारुङको पनि अभिनय रहेको छ ।

भिडियोलाई पवित्र आँफैले निर्देशन गरेकी हुन । भिडियोमा योगेस दाहालको छायान्कन तथा सम्पादन रहेको छ । भिडियो पबित्र राईको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भए संगै भिडियोको चौतर्फी तारिफ आउन थालेपछी आफुहरुलाई निकै हौसला मिलेको पवित्रले जानकारी दिइन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका