भिमादका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु , शोकमा डुब्याे भिमाद – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • भिमादका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु , शोकमा डुब्याे भिमाद

भिमादका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु , शोकमा डुब्याे भिमाद

भिमादका एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु , शोकमा डुब्याे भिमाद

तनहुँ, २८ असाेज ।  तनहुँमा कोरोनाका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ र श्रेष्ठका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमार रहनुभएकाे छ ।

एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार अहिले शोकमा डुबेको छ । धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आईतबार मृत्यु भएको थियो ।

यसअघि शनिबार उहाँको माईलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार निधन भएको बताइएको छ ।

त्यस्तै जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भइरहेको बताइएको छ । धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले बताउनुभएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका