गण्डकी प्रदेशमा फेरी थपिए १९ जना काेराेना संक्रमित – Samacharpati Samacharpati गण्डकी प्रदेशमा फेरी थपिए १९ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए १९ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १९ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १९ जना काेराेना संक्रमित

पाेखरा, २७ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०२४ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १९ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की जिल्ला पाेखरा महानगरपालिका वडा ३०, ९, ११, १०,१७, ७, १५, १३, २५, २४, ५ वडाका १७ जना, तनहुँ आबुखैरेनि र बन्दिपुरका २ जना गरी १९ जना काेराेना संक्रमित थपिएका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-७ का ३५ बर्षीय पुरुष कास्की जिल्लामा पत्रकारिता पेशामा लागेका व्यक्ति हुनुहुन्छ  भने वार्ड नं १० का ७० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ICU मा उपचाररत रहनुभएकाे छ ।

उहाँहरु सहित अन्य सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । थपिएका  सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका