गायिका अस्मिता अधिकारीको ''तिम्रो प्यारमा छुु'' सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • गायिका अस्मिता अधिकारीको ”तिम्रो प्यारमा छुु” सार्वजनिक

गायिका अस्मिता अधिकारीको ”तिम्रो प्यारमा छुु” सार्वजनिक

गायिका अस्मिता अधिकारीको ”तिम्रो प्यारमा छुु” सार्वजनिक

काठमाडौं, २७ असाेज । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ”तिम्रो प्यारमा छु”को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह गरेकी छिन्।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका