पोखरामा विभिन्न ठाउँमा डिसहोमकाे पानी टंकी सहयोग – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पोखरामा विभिन्न ठाउँमा डिसहोमकाे पानी टंकी सहयोग

पोखरामा विभिन्न ठाउँमा डिसहोमकाे पानी टंकी सहयोग

पोखरामा विभिन्न ठाउँमा डिसहोमकाे पानी टंकी सहयोग
photo source:lekhnathkhabar

पाेखरा, २७ असाेज । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको प्रयासमा सहयोग पुग्ने उध्येश्यले डिसहोमले भिडभाड हुने पोखरामा विभिन्न ठाउँमा पानी टंकी सहयोग गरेको छ ।

सर्वसाधारणका लागी सहज हुने र बेला बेलामा सावुन पानीले हात धुनु पर्छ भन्ने सन्देश दिने हेतुले कम्पनीले विभिन्न समुदायका सामाजिक सस्था, आमा समूह, टोल बिकास सस्था, महिला समूह, बिद्यालय ब्यवस्थापन समिति तथा मन्दिर ब्यबस्थापन समितिको संरक्षकत्व रहने गरि पोखरा देखि लेखनाथका मुख्य भिडभाड हुने ५० स्थानमा पानी टंकी सहयोग गरेको हो ।

कोरोना नियन्त्रणको प्रमुख प्रकिया भनेको माक्स,सामाजिक दुरि र हात धुने कार्य भएको भन्दै डिसहोम पोखराका डिलर संचालक अम्विका महोन भटराईले कम्पनीले ल्याएको हात धुने अभियानले समाजमा सकरात्मक सन्देश दिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका