गण्डकी प्रदेशले पारित गर्यो कृषि व्यवसाय प्रवर्द्धन विधेयक – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशले पारित गर्यो कृषि व्यवसाय प्रवर्द्धन विधेयक

गण्डकी प्रदेशले पारित गर्यो कृषि व्यवसाय प्रवर्द्धन विधेयक

गण्डकी प्रदेशले पारित गर्यो कृषि व्यवसाय प्रवर्द्धन विधेयक

पाेखरा, २७ असाेज । गण्डकी प्रदेशसभाको सोमबारको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूिम व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयक माथिको छलफलमा सहभागी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोबाटे विश्वकर्मा, पियारी थापा र मधु अधिकारी गुरुङले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दै यसको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिसँगै त्यसको बजारीकरणका लागि विधेयक महत्वपूर्ण हुनेमा जोड दिनुभएको थियो । विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले विधेयकले साना ठूला सबै कृषि व्यवसायीलाई समेटेको धारणा राख्नुभयो । उत्पादनमा आधारित प्रोत्साहनमा अनुदानको व्यवस्था विधेयकले गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा वास्तविक कृषकले अनुदान प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका